साउन १५, काठमाडौँ। आज सोमबार नेप्से परिसूचक सामान्य अंकले बृद्धी भएको छ।
गत पाँच कारोबार दिन लगातार अघटेको नेप्से आज ५.८४ अंक (०.२७ प्रतिशत )ले बढेर २१०६.१८ बिन्दुमा बन्द भएको छ।
आज अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।
यस दिन २६२ वटा धितोपत्रको ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर किनबेचबाट १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँमा सीमित भएको छ।
आज सोमबार सनराइज ब्ल्यूचीप फण्डको इकाइमूल्य सर्वाधिक ७.१० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा वीन नेपाल लघुवित्त रहेको छ।
यस दिन नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
त्यसैगरी, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बाँकी सबै समूहको परिसूचक बढ्दा लघुवित्त जलविद्युत, र म्युचुअल फण्ड समूहको परिसूचक भने घटेको छ ।
आज व्यापार समूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशतले बढेको छ।
- न्युज बहार संवाददाता