Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पहिलो राष्ट्रिय कोदो दिवस

  •   १ वर्ष अघि | १७ साउन २०८२, शुक्रबार

साउन १६, काठमाडौँ । पहिलोपटक आज नेपालमा राष्ट्रिय कोदो दिवस मनाइएको छ। कोदो नेपालको चौथो मुख्य बाली हो। 

पहाडी र तराई क्षेत्रका किसानले कोदोखेती गर्न अरुची देखाएका छन्। विगतमा पहाडमा मकैपछिको दोस्रो मुख्य बालीका रूपमा खेती हुँदै आएको थियो तर केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै महत्व नदिएको पाइन्छ।

कोदोलाई कुनै समय गरिबको खाना भनेर होच्च्याइने गरिएको थियो। अहिले कोदोबाट बन्ने परिकारको माग हाल सहर बजारमा बढेको छ।

कृषि क्षेत्रका जानकारहरूका अनुसार कम खर्चमा यसको खेती गर्न सकिन्छ। कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा कम मलिलो तथा सुक्खा जग्गामा खेती गर्नसकिने उनीहरूको भनाइ छ।

नेपालमा गत वर्ष २ लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट तीन लाखभन्दा बढी मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष त्यो तथ्याङ्कमा उल्लेख्य रूपमा वृद्धि गर्ने गरी सरकारले कार्यक्रम अघि सारेको छ।

  • न्युज बहार संवाददाता

थप