Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस्तो छ आजको बिनमय दर, डलरको भाउ कति?

  •   ३ वर्ष अघि | १९ कार्तिक २०८०, आइतवार

कार्तिक १९, काठमाडौँ । आइतबारको विनिमय दर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

आज युरो एकको खरिदमा १४१ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रुपैयाँ १७ पैसा तोकिएको छ भने आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा कायम गरिएको छ। 

आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रूपैयाँ ४२ पैसा र बिक्रीदर १६३ रूपैयाँ १५ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८६ रुपैयाँ ०३ पैसा पाइन्छ। 

आज आइतबार क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९७ रुपैयाँ १६ पैसा पाइने छ।

त्यसैगरी राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६३ पैसा तोकेको छ। साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा तोकिएको छ।

त्यस्तै आज युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ भने मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ११ पैसा र बिक्रीमा २८ रुपैयाँ २४ पैसा पाइने छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ३३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ २७ पैसा पाइने छ भने आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १४ पैसा तोकिएको छ।

  • न्युज बहार संवाददाता

थप