Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस्तो छ आज शुक्रबारको राष्ट्र बैंकद्वारा सार्वजनिक विनिमय दर

  •   ३ वर्ष अघि | २२ मंसिर २०८०, शुक्रबार

मंसिर २२, काठमाडौँ । शुक्रबारको विनिमय दर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०७ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६७ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

त्यस्तै आज क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ९० पैसा र बिक्रीमा ९८ रूपैयाँ ३४ पैसा पाइनेछ।

यसदिन अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रूपैयाँ ३५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ७४ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ३२ पैसा र बिक्रीमा १४३ रूपैयाँ ९७ पैसा पाइनेछ।

यस्तै, यसदिन कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइनेछ ।

त्यसैगरी, आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रूपैयाँ ४४ पैसा र बिक्रीदर १६८ रूपैयाँ २० पैसा तोकिएको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा पाइनेछ भने राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६४ पैसा तोकेको छ।

आज मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ४७ पैसा र बिक्रीमा २८ रूपैयाँ ६० पैसा पाइनेछ।

यसदिन बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५८ पैसा तोकिएको छ।

त्यसैगरी आज कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ५८ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ५३ पैसा पाइनेछ। 

  • न्युज बहार संवाददाता

थप