Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बेलकोटगढी नगरपालिकाको वडा नम्बर ८ मा लगाइएको सडक बत्ती निकालिदैँ, १५ महिनासम्म भएन बिल भुक्तानी

  •   ३ वर्ष अघि | २० माघ २०८०, शनिबार

माघ २०, नुवाकोट । बेलकोटगढी नगरपालिकाको १३ वटा वडा मध्ये वडा नम्बर ८ को सडक किनारमा हालिएको बिधुतिय सडक बत्ती (स्माट लाईट) निकालिने भएको छ ।

बेलकोटगढी नगरपालिकाले सडक बत्ती खरिद, जडान जस्ता कार्यको बिल भुक्तानि डेढ वर्ष सम्म नगर्दा सडक लाइनमा हालिएको बत्ति निकाल्न लागिएको साइनिङ इन्टरनेशनल प्रा. लि. ले जनाएको छ ।   


काठमाडौँ पुतलिसडक अवस्थित कम्पनि साइनिङ इन्टरनेशनल प्रा. लि. का अनुसार बिगत १५ महिनादेखि हालिएको विधुतिय सडक बत्तीको बिल भुक्तानि आजसम्म पनि नहुँदा सडक किनारबाट बत्ती हटाउन लागिएको हो ।

कम्पनिले १५ महिना अगाडी नगरपालिकाको आग्रहमा नगरपालिकाको वडा नम्बर ८ अन्तर्गत धुर्पुरे, काशिटार, बालुवाखानि बहुरे हुदैँ केउरिनी सम्म बिधुतिय सडक बत्ती जडान गरेको थियो ।  सेन्सर वाला ५० वाटको एलइडी लेन्स लाईटका साथै लाईट जडानका लागी चाहिने अन्य सामाग्री र कामदारसहित साइनिङ इन्टरनेशनल प्रा. लि. ले वडा नम्बर ८ मा बत्ती जडान गरेको थियो । सबै खर्च जोड्दा करिब तिन लाख बराबरको बिल भुक्तानी हुन बाँकी रहेको कम्पनिले जनाएको छ ।


१५ महिना सम्म पनि नगरपालिकाले बिल भुक्तानि नगर्दा कम्पनिलाई आर्थिक रुपमा सङ्कट परेको कम्पनि स्रोतले जनाएको छ । बिल भुक्तानीका लागि साइनिङ इन्टरनेशनल प्रा. लि. ले बारम्बार गरेको फलो अपमा नगरपालिकाले कुनै चासो नदिएका कारण आफुहरुले सडक किनारमा लगाइएको बत्ती निकाल्ने अवस्थामा पुगेको कम्पनिका एक आधिकारीक व्यक्तीले न्युज बहारलाई जानकारी दिएका छन।  

 

  • न्युज बहार संवाददाता

थप