भदौ ११, काठमाडौँ। आज साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ ।
आज
छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी आज सोमबार चाँदीको मूल्य घटेको छ।
सोमबार चाँदी
प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता