असोज २७,
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको
शुक्रबारसम्म गत साता शुक्रबारको तुलनामा २८ सयले मूल्य वृद्धि भएर सुनको कारोबार
भएको महासंघले जनाकारी दिएको छ ।
छापावाल सुनको मूल्य गत साताको शुक्रबार तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ थियो भने यो साताको शुक्रबार १ लाख १० हजार १०० रुपैयाँ छ ।
त्यसैगरी गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ८०० रुपैयाँ थियो भने यो साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ ।
अर्को
तर्फ चाँदीको मूल्य पनि एक सातामा तोलामा ३५ रुपैयाँले बढेको छ । गत साताको
शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ कायम थियो भने यो साताको
शुक्रबारमा चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
- न्युज बहार संवाददाता