चैत २७, काठमाडौँ । आज बुधबार नेपाली
बजारमा सुन–चाँदी दुबैको मूल्य बढेको छ ।
सुनको भाउ यसदिन
प्रतितोला दुई हजार रूपैयाँले बढेको हो ।
आज छापावाल सुन
प्रतितोला एक लाख ७५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज बुधबार चाँदीको
मूल्य पनि बृद्धी भएको छ ।
चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँले बढेको हो ।
आज चाँदीको प्रतितोला
एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।
- न्युज बहार संवाददाता