कार्तिक १२, काठमाडौँ । आज सुन स्थानीय बजारमा अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको छ। आइतबार छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार पुगेको र यो अहिलेसम्मकै महँगो मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आइतबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रूपैयाँ रहेको छ ।
आज आइतबार चाँदीको मूल्य पनि १५
रूपैयाँले बढेर प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
- न्युज बहार संवाददाता