कार्तिक १३, काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।
आज सोमबार सुनको मुल्य पाँच सय रूपैयाँले घटेको हो ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँमा र तेजाबी प्रतितोला एक लाख १५ हजार नौं सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरि आजको मुल्यपनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता