जेठ १६, काठमाडौँ । भोलि जेठ १७ गते शनिबारदेखि लागु हुने गरी अन्डाको भाउ बढेको छ ।
चितवनबाट
लोड भएर देशभरि जाने अन्डाको मूल्य प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढेको
जानकारी नेपाल लेयर्स कुखुरापालक संघ सचिव मदन पोखरेलले दिएका छन।
नयाँ मुल्य
अनुसार अब एक्सएल अन्डाको भाउ प्रतिक्रेट ४ सय ८० रुपैयाँ पुगेको छ । यस्तै ठूलो
अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ रुपैयाँ कायम गरिएको छ । यसअघि एक्सएल अन्डा
प्रतिक्रेट ४ सय ६५ रुपैयाँ र ठुलो अन्डा प्रतिक्रेट ४ सय ५० रुपैयाँ थियो ।
त्यस्तै मिडियम
अन्डाको भाउ भने प्रतिक्रेट १० रुपैयाँले बढेर २ सय ३५ रुपैयाँ पुर्याइएको छ ।
यसअघि क्रेटको २ सय २५ रुपैयाँ थियो ।
- न्युज बहार संवाददाता