पुस १६, काठमाडौँ । सोमबार
नेपाली बजारमा सुन चाँदी दुबैको मूल्य स्थिर रहेको छ।
आज
छापावाल सुन प्रतितोला एक लाख २० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।
आज चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार पनि सुन र चाँदी यही मुल्यमा किनबेच भएको थियो।
- न्युज बहार संवाददाता