मंसिर २८, काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ। इन्टरनेट (इ-मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरेका म्याक्स नेट सोलुसन, युनाइटेड टेलिकम र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो।
तोकिएको
समयावधि भित्र ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न र नवीकरण बापतको
दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरुको अनुमति
पत्र स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले
ती संस्थाहरूलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि
अनुरोध गरेको छ। प्राधिकरणले अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि
बढाइने चेतावनी दिएको छ।
- न्युज बहार संवाददाता