असोज १८, काठमाडौँ । आज (असोज १८ गते) देखि माथिल्लो मैलुङ
खोला जलविद्युत लिमिटेडले आईपीओ निष्काशन खुला भएको छ । कम्पनिले तेस्रो चरणमा सर्वसाधारणका
लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनिले कुल १२ लाख ८४ हजार २०० कित्ता शेयर
सर्वसाधारणमा बिक्री गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्तादेखी अधिकतम १०
हजार कित्ताका लागि आवेदन दिन सकिनेछ भने निष्काशन बन्द छिटोमा असोज २२ गते वा ढिलोमा
कात्तिक २ गते हुनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक
सानिमा क्यापिटल लिमिटेड रहेको छ। केयर रेटिङ्ग नेपालले आईपीओ निष्काशनको लागि
गराएको रेटिङ्गमा कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले
अर्थ कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको भन्ने हुन्छ ।
यस
कम्पनिको आईपीओमा लगानी गर्न चाहाने लगानी कर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति
प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका
तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको
सफ्टवेयर मेरो शेयर’ बाट अनलाइन
प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
- न्युज बहार संवाददाता