Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अहिलेको मौसमका कारण विद्युत आपुर्तीमा छोटो समय अवरोध आएको हो, लोडसेडिङ भएको होइन : नेपाल विद्युत प्राधिकरण

  •   १ वर्ष अघि | २ बैशाख २०८२, मङ्लबार

बैशाख २, काठमाडौँ । अहिले हावाहुरी तथा मौसमी कारणले छोटो समय अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हावाहुरी तथा मौसमी कारणले हुने अवरोधलाई लोडसेडिङ भएको भनेर अतिरञ्जित र भ्रामक बनाइएको हो।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि-मनसुनका कारण सिर्जना भएको प्रतिकूल मौसमले छोटो समय विद्युत सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरू सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले अवरूद्ध भएका ठाउँमा विद्युत सञ्चालन गर्न देशभरका वितरण केन्द्रबाट दिनरात काम भइरहेको र अधिकांस ठाउँमा आपूति भइसकेको पनि उल्लेख गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप