मंसिर ७, काठमाडौँ । एक वर्षका लागि उत्कृष्ट करदातालाई सिंहदरबार छिर्न विषेश पास उपलब्ध गराइने भएको छ ।
एक वर्षका
लागि कर दिवसमा सम्मानित हुने करदातालाई सिंहदरबार छिर्ने पास उपलब्ध गराउने भएको
हो ।
आन्तरिक राजस्व विभागलाई अर्थ
सचिव कृष्णहरि पुष्करले आजैदेखि यस्तो पास उपलब्ध गराउन निर्देशन दिएका छन् ।
कर सप्ताह
समापन तथा करदाता सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले भने ‘यो आजैदेखि कार्यान्वयनमा आउँछ, मैले विभागलाई निर्देशन दिएको छु।’
- न्युज बहार संवाददाता