असार १९, काठमाडौँ । असार २७ गतेदेखि स्वस्तिक लघुवित्त वित्तीय
संस्थाले आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
पहिलो
चरणमा लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न
लागेको हो।
लघुवित्त
कम्पनीले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रूपैयाँ बराबरको २ लाख
३१ हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये
१ हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि, ११ हजार ५५० कित्ता सेयर
सामूहिक लगानी कोषका लागि छुट्याइ प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका २३ लाख
१० हजार रूपैयाँ बराबरको २३ हजार १०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित
निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि
निष्कासन गर्न लागेको हो।
यस
आइपिओमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ।
यसमा
न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि
आवेदन दिन सकिनेछ।
- न्युज बहार संवाददाता