फागुन २८, काठमाडौँ । मौसममा आएको परिवर्तनका कारण आन्तरिक र
अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन्।
त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकूलका
कारण न्यून भिजिबिलिटीका कारण केही विमान आकाशमै ‘होल्ड’ मा परेका हुन्।
जापानको
नारिताबाट आएको नेपाल एयरलाइन्सको विमान केही समय होल्ड भएपछि अवतरण भएको विमानस्थल
कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार भारतको
नयाँ दिल्लीबाट आएको एयर इन्डिया, कतारको दोहाबाट आएको कतार एयरवेज, दुबईबाट आएको फ्लाई दुबई, मलेसियाको क्वालालम्पुरबाट
आएको बाटिक एयर, धनगढीबाट आएको बुद्ध एयर, भैरहवाबाट आएको फ्लाइ दुबई, पोखराबाट आएको यती एयरलाइन्सका विमान कम
भिजिबिलिटीका कारण होल्डमा परेका हुन ।
- न्युज बहार संवाददाता