चैत ८, काटमाडौँ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (युएनडिपी–नेपाल) र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा 'दिगो पर्यटन परियोजना (एसटिपी)' नामक नयाँ परियोजना सुरू गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
आज
शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा युएनडिपी–नेपालकी आवासीय प्रतिनिधि
क्योको योकोसुका र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज
जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
बोर्डका
सिइओ जोशी र युएनडिपी–नेपालकी
आवासीय प्रतिनिधि योकोसुकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र युएनडिपीको एसिया र प्यासिफिक क्षेत्रीय
निर्देशक क्रिस्टोफ बहुइटको उपस्थितिमा सम्झौतापत्र आदानप्रदान गरेका हुन्।
मन्त्रालयका सचिव सिंहका अनुसार स्थानीय समुदायका लागि रोजगारी र
जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यसहित पर्यटन सेवासुविधा सुधार, पर्यटन
कार्यबललाई सीपमूलक तालिम र पर्यटकीय गन्तव्य यो परियोजनाको रहेको छ ।
- न्युज बहार संवाददाता