चैत
२५, काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन तथा चाँदीको मूल्यमा उल्लेखनीय
वृद्धि देखिएको छ।
अघिल्लो दिन अर्थात् मंगलबार तोलामा चार सय रुपैयाँले बढेको
सुनको भाउ आज भने झन् उकालो लाग्दै प्रतितोला सात हजार दुई सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका
अनुसार हाल सुन प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि
मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार आठ सय रुपैयाँ कायम रहेको थियो।
त्यसैगरी, चाँदीको भाउमा पनि आज वृद्धि भएको छ।
मंगलबार प्रतितोला चार हजार आठ सय २० रुपैयाँमा किनबेच भएको चाँदी आज पाँच हजार २५
रुपैयाँमा कारोबार भइरहेको छ। यससँगै चाँदीको मूल्यमा अघिल्लो दिनको तुलनामा
प्रतितोला दुई सय पाँच रुपैयाँको वृद्धि भएको छ।
- न्युज बहार संवाददाता