माघ ९, काठमाडौँ । न्युरोड क्षेत्रका व्यापारीहरु
आजदेखि काठमाडौँ महानगरपालिकाको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध आन्दोलित
भएका छन् । व्यापारीहरुले आज सटर बन्द गरी वडा कार्यालय पुगेर निर्णय सच्याउन
आग्रह समेत गरेका छन् ।
आज मंगलबारदेखि
काठमाडौँ महानगरपालिकाले कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय लागु गरेको
छ । धर्मपथ, जुद्ध
शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका
सडकमा पार्किङ निषेध गरिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी (वरिष्ठ
उपरीक्षक) राजुनाथ पाण्डेले जनाएका छन ।
- न्युज बहार संवाददाता