असोज २८, काठमाडौँ । सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद प्रकृया खाद्य व्यवस्था तथा ब्यापार
कम्पनीले सकाएको छ ।
यो वर्ष २ हजार
खसी, बोका र एक हजार च्याङ्ग्रा खरिदको प्रक्रिया थालिएको कम्पनीले
जनाएको छ ।
कम्पनीकी सूचना
अधिकारी शर्मिला सुवेदीले सोमबार बिहानदेखि उक्त खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा काठमाडौँ भित्रिन थाल्ने बताइन् ।
उनले भनिन, ‘सोमबार बिहानदेखि खसी, बोका र च्याङ्ग्रा आउन सुरु गर्छन्, सम्भवत हामी सोमबार दिउँसोदेखि बिक्री प्रकृया
थाल्ने छौँ, बिक्री थाल्नु अघि खसी, बोका र च्यांग्राको मूल्य भने तय गरिनेछ।’
- न्युज बहार संवाददाता