Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गुणस्तरीय र व्यावसायिक मह उत्पादनमा लागेको रोङ गाउँपालिका

  •   ३ वर्ष अघि | १८ पुस २०८०, बुधबार

पुस १८, इलाम । गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान इलामको रोङ गाउँपालिकामा चलिरहेको छ । पालिकाले सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन विभिन्न प्रयास गरिरहेको छ । 

एक सय ५० घारमा रोङ वडा नं ६ का दावा स्याङ्बोले मौरीपालन गरेका छन् । उनले करिब ४० वटाका दरले पाँचवटा छुट्टाछट्टै स्थानमा घार व्यवस्थापन गरेका २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएको हुन । उनका अनुसार मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन, उत्पादनको पाँच प्रतिशतमात्र घारका लागि खर्च गरियो भने मौरी फस्टाउँछ र मह बिक्री गर्न समस्या पनि हुँदैन। घरमै व्यापारीहरु आइपुग्छन् । उनले प्रतिकिलो रु एक हजार पाँच सयका दरले घरबाट नै मह बिक्री हुँदै आएको बताए । वार्षिक दुई सय ५० किलोसम्म मह उनले उत्पादन गर्दै आएका छन् ।

गाउँपालिकानै मह उत्पादनमा लागि परेपछि स्थानीयले यस व्यवसायतर्फ आकर्षित भएका छन । गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)का अनुसार मौरीपालनलाई गाउँपालिकाको पहिचानका रुपमा स्थापित गर्न कार्यक्रम नै अगाडि बढाएको छ । 

पालिकाले सुरुमा मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि रु ११ लाख छुट्याए दोस्रो वर्ष २० लाख बजेट छुट्याएको थियो । किसानले उक्त बजेटमा आधुनिक मौरीपालनको सीप सिक्ने, अनुदानमा घार प्राप्त गर्ने अवसर पाएका छन  । गाउँपालिकाले यसैबीच गुणस्तरीय मह उत्पादन गरेर महको आफ्नै ‘ब्रान्ड’ बनाउने गरी योजना ल्याएको छ भने मह उत्पादन गर्ने किसानको पालिकास्तरीय समिति गठन समेत गरेको छ । 

  • न्युज बहार संवाददाता

थप