Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पछिल्लो दुई दिनमा २८ अर्ब ८७ करोड रूपैयाँ बराबरको राजस्व संकलन

  •   ३ वर्ष अघि | २६ पुस २०८०, बिहिबार

पुस २६, काठमाडौँ । सरकारी खातामा पछिल्लो दुई दिनमा २८ अर्ब ८७ करोड रूपैयाँ बराबरको राजस्व संकलन भएको छ।

पुस २४ गते १७ अर्ब ४० करोड ९८ लाख र पुस २५ गते ११ अर्ब ४५ करोड ९५ लाख रूपैयाँ राजस्व संकलन भएको सरकारी आय व्ययको विवरण राख्ने निकाय महालेखा नियन्त्रको कार्यालयको तथ्यांकले जनाएको छ ।

औसत दिनको तुलनामा हरेको महिनाको २३, २४ र २५ गते बढी राजस्व संकलन हुने गरेको छ । 

हरेक महिनाको कारोबार विवरण महिना समाप्त भएको २५ गतेभित्र करदाताले आन्तरिक राजस्व कार्यालयमा बुझाएर मूल्य अभिवृद्धि कर दाखिला गर्नु व्यवस्था रहेको छ भने त्यस्तै अग्रिम (टिडिएस) पनि २५ गतेभित्र नै बुझाउनु पर्ने व्यवस्था ।

अर्थ मन्त्रालयका अधिकारीका अनुसार यो पटक भने नेपाल राष्ट्र बैंकको आम्दानीबाट सरकारले पाउनुपर्ने लाभांश पनि यही समयमा आएको कारण राजस्व तुलनात्मक रूपमा बढी देखिएको हो ।

मंगलबार गैर कर राजस्व १० अर्ब ३७ करोड ९८ लाख र कर राजस्व सात अर्ब तीन करोड उठेको थियो। राष्ट्र बैंकले गैर कर राजस्व मध्ये १० अर्ब रूपैयाँ लाभांशबापतको रकम राजस्व खातामा जम्मा गरेको हो। गैर कर राजस्व अन्तर्गत ब्याज, जरिवाना, लाभांश, रोयल्टी लगायतको रकम पर्छ।

त्यस्तै हिजो बुधबार एक अर्ब २४ करोड ८५ लाख रूपैयाँ गैर कर राजस्व  र १० अर्ब २१ करोड १० लाख रूपैयाँ कर राजस्व उठेको छ।

  • न्युज बहार संवाददाता

थप