भदौ २७, काठमाडौँ । नेप्सेमा रिलायबल नेपाल लाइफको आइपीओ सूचीकृत भएको छ। आज बुधबार नेप्सेमा कम्पनीको ४ करोड कित्ता शेयर सूचीकृत भएको हो।
कम्पनीको शेयर कारोबारको लागि नेप्सेले आरएनएलआई (RNLI) संकेत प्रदान गरेको छ । यस कम्पनिको पहिलो कारोबारको लागि १६२ रुपैयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ।
यही
रेञ्जलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्ने छ।
- न्युज बहार संवाददाता