वैशाख २१, काठमाडौँ । सन् २०२५ को अप्रिल महिनामा विदेशी पर्यटक हालसम्मकै उच्च सङ्ख्यामा नेपाल भित्रिएका छन् ।
अप्रिल
महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले
उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।
बोर्डका अनुसार नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक
आगमनमा रेकर्ड कायम भएको हो ।
अप्रिलमा
सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, चीनबाट नौ हजार ३७, अमेरिकाबाट
१० हजार ५३ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल
भित्रिएका हुन ।
- न्युज बहार संवाददाता