बैशाख २, काठमाडौँ । पेट्रोल र डिजेलको भाउ घटेको छ ।
आज मंगलबार
नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा तीन रूपैयाँले घटाएको जानकारी गराएको हो । त्यसैगरी डिजेल/मट्टीतेल
पनि लिटरमा तीन रूपैयाँले घटाएको छ ।
निगमले भारतीय
आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ भाउ सार्वजनिक
गरेको हो ।
काठमाडौँ
लगायत अन्य दुई स्थानमा अब पेट्रोलको भाउ १६०
रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल–मट्टीतेलको
प्रतिलिटर १४६ रूपैयाँ पर्नेछ।
नयाँ
मुल्य बुधबार बिहान एक बजेबाट लागू हुनेछ ।
- न्युज बहार संवाददाता