कार्तिक
१२, नयाँ दिल्ली । प्याजको भाउ भारतमा किलोकै ८० रुपैयाँ पुगेको छ । हालैका दिनमा आपूर्ति
अभावबिच प्याजको भाउ बढेको हो।
एक किलो
प्याज ६५ रुपैयाँदेखि ८० रुपैयाँबिच राजधानी नयाँ दिल्लीको खुद्रा बजारमा किनबेच भइरहेको छ । शुक्रबार
केन्द्र सरकारले खुद्रा बजारमा भाउ बढ्न थालेपछि सहुलियत दरका पसलहरू खोलेर
प्रतिकिलो २५ रुपैयाँमा प्याज बेचिरहेको छ ।
भारतको
बजारमा नयाँ प्याज आउन ढिलाइ हुँदा भाउ बढेको बताइएको छ । बजारमा नयाँ प्याज आउने
समय भइसके पनि आइसकेको छैन ।
- न्युज बहार संवाददाता