साउन २७, सिराह । स्रोत नखुलेको करिब नौ लाख रकमसहित सिरहाबाट प्रहरीले एकजना व्यक्तीलाई पक्राउ गरेको छ।
सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई शुक्रबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल–भारत सिमानास्थित भारतबाट नेपालतर्फ आउँदै गर्दा गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादव कमाण्डको टोलीले साहलाई पक्राउ गरेको हो ।
- न्युज बहार संवाददाता