Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये एक चितवनको जलविरे झरना ।

  •   ३ वर्ष अघि | ३ भदौ २०८०, आइतवार

भदौ ३, भरतपुर ।   उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो चितवनको जलविरे झरना । चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित यस झरनामा पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गर्ने गर्दछन । पूर्वाधारहरुको निर्माणपछि पर्यटकको चहलपहल बढेको पनि उक्त झरनामा बढेको छ ।

यस झरना क्षेत्रमा झरनाको अवलोकन सहित अन्य पर्यटकीय गतिविधिहरु जस्तै क्यानोनिङ (छाँगावरोहण) र क्लाइम्बिङ, स्लाइडिङ, स्विमिङ, हाइकिङ र जम्पिङ  हुने गरेका छन । यस्ता पर्यटकीय गतिविधिहरुका लागी काठमाडौँ र बाहिरी देशका समेत पर्यटक यहाँ आउने गरेका छन् । विदेशीका लागि क्यानोनिङ प्रतिव्यक्ति रु पाँच सय, वनभोजको रु एक हजारदेखि तीन हजारसम्म र फिल्म सुटिङको रु तीन हजारदेखि पाँच हजारसम्म लिने गरिएको छ ।

जलविरे झरना अहिले गाउँपालिकाका लागि आम्दानीको स्रोतसमेत बनेको छ । आर्थिक वर्ष २०७९-८० मा झरना देखाएर गाउँपालिकाले रु २८ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । यहाँ आउने पर्यटकबाट रु ५० शुल्क लिने गरिएको छ । गाउँपालिकाले स्थानीय र विद्यार्थीलाई भने प्रवेश शुल्क रु २० लिने गरेको जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप