भदौ ३, काठमाडौँ । कागबेनी क्षेत्रमा गत आइतबार आएको बाढीले खण्डहर बनाएको थियो । आज सोही बाढीले बगाएर ल्याएको ग्रेगान खोतल्ने क्रममा डेढ करोड रुपैयाँ फेला परेको छ । बढीले इन्भेष्टमेन्ट र प्रभु बैंक रहेको भवन बगाएपछी बागेको रकम आज फेला परेको हो ।
सेना, प्रहरी र स्थानीयबासीको सहयोगमा ग्रेगान खोतल्ने क्रममा आइतबार प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ रुपैयाँ फेला पारेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिएका छन ।
प्रजिअ केसीले भने ‘प्रभु बैंकको भवन नै बाढीले बगाएको थियो। भग्नावशेष खोतल्ने क्रममा बैंकको लकर र लकरभित्र ५१ लाख ६२ हजार २२६ रुपैयाँ भेटीएको बैंकले जानकारी दिएको हो।
इलाका प्रहरी कार्यालय कागबेनीका प्रहरी निरीक्षक मिलनबहादुर विकले बाढीले इन्भेष्टमेन्ट मेगा बैंकमा पनि क्षति पुर्याएको र बाढीले थुपारेको गेग्रान पन्छाउने क्रममा इन्भेष्टमेन्ट मेगाको पनि हराइरहेको १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ फेला परेको जानकारी दिए।
- न्युज बहार संवाददाता