कार्तिक १३, काठमाडौँ । नेप्सेमा सुचीकृत भइ कारोबार
सुरु भएको दोस्रो दिन पनि सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयरमा नकारात्मक
सर्किट लागेको छ ।
आज सोमबार कम्पनीको
मूल्य प्रतिकित्ता ३१५ रुपैयाँबाट खुलेको थियो भने कारोबार खुलेको केही समयमा नै १०
प्रतिशत घटेर २८३ रुपैयाँ ५० पैसामा कायम भएको छ ।
- न्युज बहार संवाददाता