भदौ ३, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २१.९९ अंक (१.०७ प्रतिशत)ले घटेर २०११.१४ बिन्दुमा पुगेको छ।
यस दिन २६९ वटा धितोपत्रको ४४ लाख ५९ हजार ४५९ कित्ता सेयर किनबेचबाट १ अर्ब ४४ करोड ७४ लाख ८ हजार ९४२ रुपैयाँमा कारोबार भएको हो।
यस दिन फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक ४.५७ प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा १०.३५% एग्रिकल्चर बैंक डिबेञ्चर २०८३ रहेको छ।
आज नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ ।
आज जलविद्युत समूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशतले घटेको छ।
- न्युज बहार संवाददाता