माघ ७, काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ
भने चाँदीको मुल्य घटेको छ ।
अघिल्लो
दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको हो।
आइतबार
बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन
प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी
आज नेपाली बजारमा चाँदीको मूल्य भने घटेको छ।
आज चाँदी
प्रतितोला पाँच रुपैयाँले घटेर १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता