Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा भ्याट लाग्दैन : आन्तरिक राजश्व विभाग

  •   ३ वर्ष अघि | २२ मंसिर २०८०, शुक्रबार

मंसिर २२, काठमाडौँ । आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने आन्तरिक राजश्व विभागले प्रष्ट पारेको छ । उद्योगी व्यवसायीहरुले आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै चार दिनदेखि ती वस्तुको कारोबारमा हड्ताल गरेपछि विभागले आज शुक्रबार यस्तो प्रष्टोक्ति दिएको हो ।

विभागले आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट ) लाग्ने भन्ने विषयलाई लिएर आपूर्ति असहज बनाइएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । विभागले भ्याटको व्यवस्था स्वदेशी उत्पादन अभिवृद्धि गर्न गरिएको भन्दै आन्तरिक उत्पादनको बिक्रीमा भ्याट नलाग्ने प्रष्ट्याएको हो ।

विभागले जारी गरेको विज्ञप्तिमा भनेको छ ‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरुप नेपालमा उत्पादन भएका आलु, प्याजमा मूल्य अभिवृद्धि कर नलगाइएको र नलाग्ने व्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ।’

नेपालमा बंगलादेशबाट आलु  र भारतबाट प्याज आयात हुन्छ ।

  • न्युज बहार संवाददाता

थप