Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द

  •   १ वर्ष अघि | २८ बैशाख २०८२, आइतवार

वैशाख २८, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ ।

आइतबार नेप्से परिसूचक १२.५३ अंकले घटेर २६४९.११ विन्दुमा झरेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३०० स्टकको ८८ हजार ९५५ पटकको कारोबारमा १० अर्ब २० करोड २७ लाख १ हजार रुपैयाँबराबरको २ करोड ४० लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लगायत अन्य ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कारोबारमा आएको सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक ७.३० प्रतिशतले घटेको छ ।
यस दिन कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ६६ करोड ५ लाख ८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको हो ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ ।

आज सर्वाधिक ६.५० प्रतिशतले होटल तथा पर्यटन उपसमूहको परिसूचक बढेको छ । यस दिन सर्वाधिक ३.७२ प्रतिशतले वित्त उपसमूहको परिसूचक भने घटेको छ।

  • न्युज बहार संवाददाता

थप