Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

१९.४२ अंकले घट्यो नेप्से, माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार

  •   ३ वर्ष अघि | ७ असोज २०८०, आइतवार

असोज ७, कठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार परिसूचक नेप्से १९.४२ अंक (०.९५ प्रतिशत)ले घटेर २०१०.३५ को विन्दुमा बन्द भएको छ ।

आज नेप्से परिसुचक सँगै कारोबार रकम पनि घटेको छ । यस दिन २८५ वटा धितोपत्रको ९० लाख ३ हजार ९४१ कित्ता सेयर किनबेचबाट २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०६ रुपैयाँको कारोबार भएको हो।

यस दिन तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

यसदिन हिमालयन लघुवित्त, स्वरोजगार लघुवित्त, र एशियन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो भने सेयर मूल्य सर्वाधिक घट्नेमा शुभम् पावर रहेको छ ।

आइतबार नेप्सेमा माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त समूहको परिसूचक ०.९९ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले घटेको छ ।

  • न्युज बहार संवाददाता

थप