Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

१.८५ अंकले घट्यो नेप्से, लगानीकर्ताहरु भने लघुवित्त कम्पनीमा आकर्षित

  •   ४ महिना अघि | २० चैत्र २०८०, मङ्लबार

चैत २०, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक १.८५ अंक(०.०९ प्रतिशत)ले घटेको छ । आज नेप्से २०१०.२१ को बिन्दुमा बन्द भएको छ। आज दोस्रो बजारका लगानीकर्ताहरु लघुवित्त कम्पनीहरुमा आकर्षित भएका देखिएको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ

९ लघुवित्त कम्पनी यस दिन शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुमो सूचीमा परेका छन्। यस दिन गुराँस लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सर्वाधिक ७.५० प्रतिशतले ज्योति विकास बैंक बण्ड २०८७ को मूल्य घटेको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। बजारमा यस दिन ३१२ स्टकको ४६ हजार २३५ पटकको कारोबारमा २ अर्ब २९ करोड १६ लाख रुपैयाँ बराबरको ६१ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

गोर्खाज फाइनान्स कारोबार रकमका आधारमा यस दिन शीर्ष स्थानमा रहेको छ । उक्त फाइनान्सको यस दिन १४ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएका १३ उपसमुहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । आज सर्वाधिक १.८९ प्रतिशतले लघुवित्त उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन, बैंकिङ्ग, विकास बैंक, , जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक घटेका छन ।

  • न्युज बहार संवाददाता

थप