कार्तिक २५, काठमाडौँ । समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन नेपाल विद्युत् प्राधिकरणले काटेको छ । प्राधिकरणले गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको छ यही क्रममा बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटिएको जनाएको छ । करिब ६२ करोड रुपैयाँ लाइन काटिएका ग्राहकको बक्यौता रकम रहेको छ ।
प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि महसुल नतिर्ने ग्राहकहरूको लाइन काटिरहेका छ ।
सबैभन्दा बढी यस अवधिमा मधेस प्रदेशमा लाइन काटिएको छ । करिब ४ हजार ८ सय ५२ ग्राहकको लाइन मधेस प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रहरूले काटेका छन् । उक्त ग्राहकहरुको मात्र बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ रहेको छ ।
- न्युज बहार संवाददाता