पुस १८, काठमाडौँ
। परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरले भोलि १३२
केभीएका तीनवटा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् । भोलिदेखि
नेपाल–भारतबिच
हुने संयुक्त आयोगको बैठकमा भाग लिन भारतिय विदेशमन्त्री जयशंकर नेपाल आउँदैछन्।
परराष्ट्र
मन्त्रालय स्रोतका अनुसार सोही क्रममा दुवै देशका मन्त्रीले तीनवटा प्रसारण लाइन
उद्घाटन गर्ने कार्यक्रम रहेको छ । स्रोतकाअनुसार दुई मन्त्रीले कुशाहा–कटैया प्रसारण लाइन भारतको
बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन
र भारतको
उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उद्घाटन गर्नेछन् ।
- न्युज बहार संवाददाता