भदौ १७, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २९.८१ अंक (१.४९ प्रतिशत) ले घटेर १९६०.७८ बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ।
यस दिन २७६ वटा धितोपत्रको ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेचबाट १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ कारोबार भएको छ।
यस दिन थ्रि स्टार हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बृद्धी छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा लिवर्टी इनर्जी र सीटी होटल रहेको छ ।
आज नेप्सेमा सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ ।
आज होटल्स तथा पर्यटन समूहको परिसूचकमा सर्वाधिक ३.०३ प्रतिशत गिरावट आएको छ ।
- न्युज बहार संवाददाता