मंसिर ५, काठमाडौँ । नागढुङ्गामा निर्माणाधीन रहेको नागढुङ्गा सुरूङ (टनेल) अब ‘ब्रेक थ्रु’को प्रवेश गरेको छ । मंगलबार आयोजनाले सार्वजनिक गरेको विवरण अनुसार अब यो सुरुङको ‘ब्रेक थ्रु’का लागि अब २००.६० मिटर मात्र खन्न बाँकी रहेको छ ।
कुल २ हजार ६८८ मिटर लम्बाईको सुरुङ मार्ग नागढुङ्गा बन्दैछ भने २ हजार ४८७ मिटर सुरुङ खन्ने काम पूरा भइसकेको छ ।
यस आयोजनाको रेस्क्यू टनेलको भने ‘ब्रेक थ्रु’ भइसकेको आयोजनाका निर्देशक नवीनमान श्रेष्ठले जनाएका छन । यस आयोजनामा २ हजार ५५७ मिटर लामो रेस्क्यू टनेल रहेको छ । ७ अगष्ट २०२३ का दिन यसको ‘ब्रेक थ्रु’ भएको थियो ।
अहिले टनेलको कुल भौतिक प्रगति ९६.४० प्रतिशत पुगेको छ । आयोजनाले अब ३.६० प्रतिशत मात्र भौतिक प्रगति बाँकी रहेको जनाएको छ ।
- न्युज बहार संवाददाता