Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दुई हजार पाँच सय बिघामा लगाएको तोरी फुलेर पहेँलपुर

  •   ३ वर्ष अघि | ६ माघ २०८०, शनिबार

माघ ६, झापा । झापा जिल्लाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)का अनुसार किसानले गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा उक्त क्षेत्रफलमा तोरी खेती गरेका  हुन । यसका लागी गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो ।

गाउँपालिकाको प्रारम्भिक अनुमान अनुसार प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन हुने छ भने हल्दीबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त रहेको छ ।

यहाँका खेतमा अहिले तोरी फुलेर पहेँलपुर भएका छन् । तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने विश्वास हल्दीबारी–२ का कृषक डम्बरप्रसाद चम्लागाईंले व्यक्त गरेका छन । उनका अनुसार अरु बालीमा जस्तो झन्झट नहुने र मूल्य पनि राम्रो पाइने गरेको छ । उनले गत वर्ष प्रतिमन रु छ हजारमा तोरी बिक्री भएको बताएका छन । झापाभरिमा यो वर्ष सबैभन्दा बढी हल्दीबारीमा तोरी खेती गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप