पुस ६, रामेछाप । पहिलो पटक रामेछाप जिल्लामा व्यावसायिक अनारखेती
गरेर ‘अनार
बाजे’को नामले
चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक एक लाख ५० हजार आम्दानी गर्ने गरेका छन
।
कृषक
आचार्यले अनारमा भन्दा बढी मेवामा फाइदा हुने बुझेपछी आफू मेवा खेतीतर्फ आकर्षित
भएको बताउँछन ।
आचार्यका
अनुसार रामेछाप नगरपालिका–८ स्थित
सुकाजोर खोला बगर केहि वर्ष पहिले मरुभूमिमा परिणत भएको थियो उक्त कोला बगरमा
अहिले करिब पाँच सय मेवाका बोट लगाइएको छ। सोही मेवा बिक्रीबाट सबै खर्च कटाएर
वार्षिक आम्दानी १८ लाखसम्म हुने गरेको छ ।
उनले मेवा मात्र होइन मौवा खेतीभित्र कागतीसँगै केरा पनि लगाएका छन्।
अहिले कागतीले
उत्पादन दिन सुरु गरेको छ भने केरा पनि पसाउन थालेको छ।
उनले दुई वर्षअघिदेखि हरियाली समृद्ध कृषक समूहको नामबाट सुरू
गरेको मेवाखेतीबाट लाखौं आम्दानी हुने गरेको छ।
कृषकले
भने, ‘होलसेल मूल्यमा एक सय २० प्रतिकिलो बिक्री हुने मेवा पाँच किलोको
एउटै फल्ने र एउटा बोटमा एक सय ५० केजीसम्म फल्ने गरेको छ।’
उनका अनुसार एउटै बोटमा उत्पादन भएको मेवाबाट १८ हजारसम्म कमाइ
हुने गरेको छ ।
जिल्ला
वन कार्यालयको स्थायी जागिर छाडेर कृषिकर्ममा लागेका उनले बढ्दो वैदेशिक रोजगारीमा
जाने युवालाई जाँगर भए स्वदेशमै केही गर्न र विदेशको जति कमाउन सकिन्छ भन्ने
सन्देश दिन मेवा खेतीमा लागेका छन ।
- न्युज बहार संवाददाता