भदौ ६, काठमाडौं । व्यापारीले प्याज आयातमा रोक लगाएका छन। भारतद्वारा प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका हुन ।
कालिमाटीलगायतका मुख्य बजारमा आयात रोकिएपछि प्याज अभाव हुन थालेको छ । आफ्नो मुलुकबाट निर्यात हुने प्याजमा भदौ ११ गते भारतले ४० प्रतिशत भन्सार महशुल लगाउने निर्णय गरेको थियो ।
त्यसयता नेपाली तरकारी बजारमा शनिबार र आइतबार प्याजको छिटफुट मात्रै कारोबार भयो भने सोमबारदेखि आयात र बिक्री नै ठप्प भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएको छ ।
बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बजारमा भएका सबै पसलमा प्याज सकिएको बताएका छन । श्रेष्ठले भने ‘बजारमा ८० वटा आलु प्याजका पसल छन्, तर सबै पसलमा प्याज सकिएको अवस्था छ, प्याज सकिएपछी आज मूल्य तोक्ने कुरै भएन ।’
- न्युज बहार संवाददाता