Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

विदेशबाट फर्केर बाख्रापालनमा रमाउँदै केसी

  •   ३ वर्ष अघि | १५ असोज २०८०, सोमवार

असोज १५, ढोरपाटन । गाउँभरमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै जान थालेको छ । गाउँ छोड्नेको सङ्ख्या दिनप्रति दिन बढ्दै छ । काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी भने यही स्थितिमा बागलुङको गाउँमै व्यावसायिक बाख्रापालन गर्दै आएका छन् ।

केसी एक दशक बढी विदेशमा पसिना बगाएर स्वदेश फर्किएका हुन् । उनी भन्छन् “अहिले आफ्नै गाउँठाउँ र पाखापखेरा प्यारो लाग्न थालेको छ, जीवनको ऊर्जाशील समय त विदेशमा बितिहाल्यो।” अहिले उनी बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाख्राको स्याहारसुसारमा व्यस्त हुन्छन । १२ वर्ष साउदी अरबमा साहुको भेडा चराउने काम गरेएका उनी अहिले आफैँ मालिक बनेका छन् ।

गाउँमै उनले आधुनिक खोर निर्माण गरी व्यावसायिक बाख्रापालन थालेका छन । बोयर र स्थानीय दुबै जातका गरी हाल केसीको खोरमा ४५ वटा बाख्राहरु छन् । उनले बाख्रा खरिद र खोर निर्माण गर्दा करिब रु १५ लाख लगानी गरेका छन् ।  अहिले उनले वार्षिक २० वटासम्म बोका बिक्री गर्दै आएको छन भने एउटा बोकाको रु २० देखि ३० हजारसम्म बिक्री हुने गरेको छ ।

उनी भन्छन्, “व्यावसायिक तरकारी खेती होस वा पशुपालन युवाका लागि प्रसस्त आयआर्जनको स्रोत यही रहेको छ। ” केसीले चार वर्षदेखि बाख्रापालनमा थालेका र गाउँमा गर्ने कामले नै आत्मसम्मान मिल्ने गरेको बताउछन् । उनले ‘केसी कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर बाख्रा पालन गर्दै आएका छन । खसी बोका उत्पादन गर्नसके बजारको कुनै समस्या नहुने उनको अनुभव छ ।

केसीले अहिले बाख्रापालनसँगै मल प्रयोग गर्ने गरी तरकारीमा गोलभैँडा खेती समेत सुरु गरेका छन । उनको यही कार्यलाइ गाउँपालिका कार्यालय र वडा कार्यालयले रु ५०-५० हजार अनुदानसमेत दिएको छ । उक्त रकमबाट उनले खोर व्यवस्थापन तथा तारबार गरेको छन । 

  • न्युज बहार संवाददाता

थप