साउन २९, काठमाडौँ । विदेशी पर्यटकलाई पदयात्रा व्यवस्थित बनाउन गाइड अनिवार्य लैजानुपर्ने व्यवस्था कार्यान्वयन प्रभावकारी बन्दै गएको पाइएको छ ।
नेपाल पर्यटन बोर्डले मार्च, अप्रिल र मे पर्यटनका लागि सिजन मानिने नेपाल घुम्न आएका पर्यटकले साथमा गाइड लिएर गएको जनाएको छ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले भने 'यो व्यवस्था लागु गर्दै गर्दा सकारात्मकसँगै नकारात्मक टिप्पणी निस्किएका थिए। तर पहिलो सिजनमै यसको कार्यान्वयन राम्रो भयो, आगामी सिजनबाट थप प्रभावकारी बन्दै जानेछ।'
२०७९ चैत १७ गतेदेखि सरकारले पदयात्रामा जाने पर्यटकका लागि अनिवार्य गाइड लैजानुपर्ने नियम लागु गरेको थियो।
- न्युज बहार संवाददाता