भदौ २८, काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ आज बिहीबार बाँडफाँट भएको छ। इन्स्योरेन्सको आईपीओ बाँडफाँट कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा भएको हो।
भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २४४ रुपैयाँमा ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो ।
इन्स्योरेन्सको आईपीओमा निष्काशन अवधिभर १५ लाख ८४ हजार ५९७ जनाले कुल १ करोड ७५ लाख ६८ हजार ७५० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जम्मा आवेदनबाट १४ लाख ७ हजार २३७ आवेदन स्वीकृत भएको थियो ।
धितोपत्र बाँडफाँट निर्देशिका अनुसार मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको छ। गोलाप्रथा प्रक्रियामार्फत ९ लाख आवेदकले १० कित्ताका दरले इन्स्योरेन्सको शेयर प्राप्त गरेका छन्।
आईपीओ बाँडफाँटको नजिता केही समयपछी मेरो सेयरको वेवसाइट, निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेवसाइट र सिटिजन लाइफ इन्स्योरेन्सको वेवसाइटबाट हेर्न सकिन्छ ।
- न्युज बहार संवाददाता