Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

चैत महिनामा मूल्यवृद्धि घट्यो

  •   १ वर्ष अघि | २८ बैशाख २०८२, आइतवार

वैशाख २८, काठमाडौँ । गएको चैत महिनामा मूल्यवृद्धि घटेको छ । यो अवधिको वार्षिक विन्दुगत (अघिल्लो वर्षको चैतको तुलना) उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले उल्लेख गरे अनुसार फागुनसम्म यस्तो मुद्रास्फीति ३.७५ प्रतिशतले रहेको थियो । 

राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्ष चैतमा मुद्रास्फीति दर ४.६१ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति समीक्षा महिनामा २.४५ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत रहेको छ ।

यस अवधीमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडीको ६.५८ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत बढेको छ ।

राष्ट्र बैङ्कका अनुसार मरमसलाको २.३२ प्रतिशत र माछा तथा मासको ०.८९ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, छ भने तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२४ प्रतिशतले घटेको  राष्ट्र छ    

  • न्युज बहार संवाददाता

थप