Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भारतले प्याजको निर्यात महसुल बढायो ।

  •   ३ वर्ष अघि | ३ भदौ २०८०, आइतवार

भदौ ३, काठमाडौँ । भारतले प्याजको निर्यातमा महसुल बढाएको छ  । निर्यात रोक्ने उद्देश्यका साथ प्याजको निर्यातमा महसुल भारतले बढाएको हो ।

भारतले शनिबारदेखि लागू हुने गरी प्याजको निर्यातमा थप ४० प्रतिशत निर्यात महसुल लगाउने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

भारतको यो निर्णयले नेपाली बजारमा प्याजको मूल्य महँगो हुनेछ । मुख्य चाडपर्व नजिकिँदै गएपछि यस वर्ष जस्तै हरेक वर्ष भारतले प्याजको निर्यातमा अवरोध गर्दै आएको छ ।

२ भदौदेखि १५ पुससम्म लागू हुने गरी भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले प्याज निर्यातमा महसुल बढाएको हो । विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक भारत हो ।

  • न्युज बहार संवाददाता

थप